राष्ट्रिय मानव अधिकार मन्च नेपाल, बाँकेले आज सम्पन्न निर्वाचनको अनुगमन पूरा गदै




कोहलपुर ।

राष्ट्रिय मानव अधिकार मन्च नेपाल, बाँकेले आज सम्पन्न निर्वाचनको अनुगमन पूरा गरेको छ । मन्चले विहानै देखि बांकेका निर्वाचन केन्द्रमा रहेका कोहलपुर नेपालगन्ज, खजुरा, बैजनाथ, जानकी राप्ती सोनारी, नरैनापुर लगायतका स्थानीय निकायमा अनुगमन गरेको हो ।

मन्चले कोहलपुरका विभिन्न मतदान केन्द्रमा पुगि निर्वाचन सम्बन्ध जानकारी लिएको हो । कोहलपुर- १ को कृष्ण माध्यमिक विद्यालयमा रहेका मतदान अधिकृत राम सुरेश यादवका अनुसार निर्वाचन निर्बाध रूपमा सम्पन्न भएको जानकारी दिए । उनले भने बाहिर केही हो हल्ला गर्न खोजेपनि खासै समस्या नभएको जानकारी दिए ।
कोहलपुर -२ को मुक्ति प्रा वि र लक्ष्मी माध्यमिक विद्यालयमा पनि निर्बाध रूपमा सम्पन्न भएको छ । त्यसैगरी कोहलपुर -३ को जनता माध्यमिक विद्यालय मैटहवामा निर्बाध रूपमा सम्पन्न भएको अनुगमनको क्रममा देखिएको थियो ।
कोहलपुर -११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको केन्द्रमा पनि निर्बाध रूपमा सम्पन्न भएको जानकारी मतदान अधिकृतले दिए ।

कोहलपुरको -१० को त्रिभुवन माध्यमिक विद्यालयमा भने सुरुको समयमा केही समस्या देखा परेको थियो । एउटा मतदान केन्द्रमा केही समस्या आएको भए पनि समस्या समाधान गरि निर्बाध रुपमा सम्पन्न भएको जानकारी मतदान अधिकृत रवि मिजारले जानकारी दिए । जहाँ बाहिर निकै आम मानिसको बाक्लो उपस्थित रहेको देखिएको अनुगमनका क्रममा देल्हिएको शर्माले वताए । कोहलपुर -८ र ९ को कृषि विकास मतदान केन्द्रमा भने सौहाद्र रूपमा सम्पन्न भएको मतदान अधिकृत कांशी पंगेनिले जानकारी दिए । जुन केन्द्र्मा स्थानीय निर्वाचनको बेला निकै झडप भएकोले समस्या आएको थियो ।

कोहलपुर-१२ मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालय चपरगौडिमा भने सौहाद्र रूपमा सम्पन्न भएको जानकारी दिए । त्यसैगरी कोहलपुर -१३ को विद्याज्योती आ वि मा भने केही जांड खाएका व्यक्तिले बाहिर केहि हो हल्ला गरेपनि खासै समस्या नभएको जानकारी प्राप्त भएको हो । कोहलपुर -१४ को राम माध्यमिक विद्यालयमा पनि राम्रो संग निर्वाचन सम्पन्न भएको छ ।

उता बैजनाथ गाउँपालिकाको प्रभात माध्यमिक विद्यालयमा पनि निर्बाध रुपमा सम्पन्न भएको छ । जहाँ बाँके क्षेत्र नं. १ मा खसेकाे कुल मत ८१८०६
क्षेत्र नं. १ (क) मा खसेकाे जम्मा मत ३९५९०), क्षेत्र नं. १ (ख) मा खसेकाे जम्मा मत ४१८०६, काेहलपुर नगरपालिकाकाे १५ वटै वडामा खसेका मतहरू : वडा १ : १६५०, वडा २ : ४६८७, वडा ३ : २८०१, वडा ४ : १४४८, वडा ५ : २४२७, वडा ६ : १७९७, वडा ७ : १२७२,वडा ८ : २०३९ वडा ९ : १६७९, वडा १० : २५८८, वडा ११ : ३९६१, वडा १२ : ३५७९, वडा १३ : २३८६, वडा १४ : १९४३ र वडा १५ : २४६१ जम्मा खसेकाे मत ३६७१८ राप्तिसाेनारी ८ र ९ मा खसेकाे मत वडा ८ : २२०२२ र वडा ९ : २५२६ जम्मा खसेकाे मत ५०७८ मत खसेको छ ।
किन खसेना स्थानीय निर्वाचन जस्तो मत भन्ने सवालमा आम जनताले निर्वाचनमा आम राजनीतिक पार्टी प्रतिको वितृष्णा र झुट्टा आश्वासन दिने गरेको निर्वाचन प्रतिको विश्वास घटनु रहेको स्थानीय मतदाताको भनाई रहेको छ । मतदान केन्द्रमा पुरुषको भन्दा महिलाको उपस्थित बढी देखिएको थियो । यो हुनुमा पुरुष आर्थिक आम्दानीको लागि विदेश पलायन भएको र देशमा रोजगारीका अवसर नभएको देखिन्छ ।

विशेष गरि निर्वाचन गर्न आउने आम नागरिकको लागि आवश्यक जेष्ठ नागरिकको लागि छुट्टै व्यवस्था हुनु पर्ने, अपांगता व्यक्तिको लागि खासै ध्यान पुर्याउन नसकेको देखियो । महिला, सुत्केरी महिलाको लागि पनि छुट्टै व्यवस्था नभएको देखियो । स्थानीय पार्टीका एजेन्टको बाहुल्यताले बढेको, सरकारी तथा गैरसरकारी निकायले अनुगमनको जिम्मेवारी लिए पनि हरेक मतदान केन्द्रमा खासै नपुगेको जानकार प्राप्त भएको थियो ।

सुरक्षाकर्मीको भने निकै राम्रो कार्यशैली भएको देखिएको जानकारी दिएको छ । कोहलपुरका मतदान केन्द्रमा बागेश्वरी क्याम्पस, कृष्ण मा वि, ज्ञानज्योति मा वि लक्ष्मी मा वि, त्रिभुवन मा वि र राम मा वि जस्ता केन्द्रहरु निकै सहज रहेको मन्चले जानकारी दियो । समग्रमा मतदान केन्द्र राम्रो भएको निस्कर्ष निकालेको छ ।
निर्वाचनको अनुगमन टोलिमा मानव अधिकार मन्च बांकेका सचिव एकराज शर्मा, कोषाध्यक्ष शिवध्वज शाही, संस्थापक सदस्यहरु बालकुमार शर्मा मान बहादुर शाही तथा कार्यसमिति सदस्य पतिराम थारुको टोलिले कोहलपुर, राप्ती सोनारी र बैजनाथका मतदानमा केन्द्रको अनुगमन गरेको जानकारी सचिव शर्माले जानकारी दिए । उता कोहलपुर -५ र ६ को पुर्ण जिम्मेवारी मन्चका अध्यक्ष राम बहादुर मल्लले अनुगमन गरेका थिए ।
नेपालगन्जमा लुम्बिनी प्रदेश प्रमुख जि वि घिमिरे, कार्यसमिति सह सचिव राजन कडेल, सदस्य विरेन्द्र यादवको समुहले अनुगमन गरेको जानकारी कोहलपुर टुडेलाई जानकारी घिमिरेले जानकारी दिए ।
त्यसैगरी कोहलपुर टुडेका सम्पादक एकराज शर्माले निर्वाचनको अनुगमन गरेका छ्न । खजुरा र जानकी गाउँपालिकामा भने कोहलपुर टुडेका प्रतिनिधि गम बहादुर डांगरले गरेका थिए । कोहलपुर टुडेका अनुसार पनि बांके जिल्लामा सौहाद्र रूपमा निर्वाचन सम्पन्न भएको जानकारी दिएका छ्न ।
उता रुकुममा कोहलपुर टुडेका प्रतिनिधि सुदाम शर्माका अनुसार रुकुम पश्चिममा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान जिल्ला भरका १ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्रमा एकै पटक बेलुकी ५ बजे सम्पन्न भएको हो । जिल्लामा सामान्य बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरले जानकारी दिनुभयो । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र साटिदा केही समय मतदान रोकिएको थियो ।

६४ जना कैदीबन्दीले मतदान गरेका छन् । उनिहरुका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र राखिएको थियो । जसमा जिल्ला कारागारमा रहेका ६४ जना कैदीबन्दी र ३ जना कर्मचारी गरी ६७ जनाले मतदान गरेको मतदान अधिकृत लक्ष्मण विकले जानकारी दिनुभयो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार