बांकेको खजुरा र जानकी गाउँपालिकामा सौहाद्र रूपमा निर्वाचन सम्पन्न

कोहलपुर ।                                                                        गम बहादुर डांगर                                                              खजुरामा सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ ।
खजुरा गाँउपालिकाका ज्ञानोदय, ने.रा.आ.वि. डि गाँउ र ने.रा. आ.वि. धौलागिरीमा निर्वाचन शान्तिपूर्ण धाधलीरहित सम्पन्न भएको छ । ज्ञानोदय मा.वि. केन्द्रमा जम्मा मतदाता ३५०० जना रहेकोमा महिला १२०२ र पुरुष ८९६ गरी कुल २०९८ जनाले मतदान गरेको पाइयो जुन लगभग ६० प्रतिशत हो । (सही पूण ओलीका अनुसार)                                                      स्थानिय मतदाता शिवराज देवकोटाका अनुसार विगतको स्थानिय निर्वाचनको तुलनामा यस पटक अली कम मतदाता उपस्थित रहेको र व्यवस्थित रुपमा निर्वाचन भएको छ । त्यसै गरी ने.रा.आ.वि. डि गाउँ मतदान केन्द्रमा मतदान अधिकृत भोजराज रावलका अनुसार जम्मा १८२७ मतदाता रहेकोमा महिला ५८६ र पुरुष ४७८ गरी कुल १०६४ जनाले आफ्नो मताधिकार प्रयोग गरेको पाइयो जुन लगभग ५८ प्रतिशत हो । स्थानिय मतदाता मदन रतन के.सीका अनुसार यस पटक निर्वाचनमा यो केन्द्र महिलामय भएको छ साथै उत्साह पूर्वक निर्वाचन सम्पन्न भयो ।                                          ने.रा.आ.वि. धौलागिरी मतदान केन्द्रमा प्रहरी असइ शेर बहादुर बारागाईका अनुसार जम्मा १४१४ मतदाता रहेकोमा महिला ५१२ र पुरुष ३८३ गरी कुल ८९५ जनाले आफ्नो मताधिकार प्रयोग गरेको पाइयो जुन लगभग ६३ प्रतिशत हो । स्थानिय मतदाता देव बहादुर कुँवरका अनुसार यस पटक निर्वाचनमा यो केन्द्र महिलाको उपस्थिती उल्लेख्य रहेकोे छ साथै उत्साह पूर्वक निर्वाचन सम्पन्न भएको छ ।                                      जानकीमा निर्वाचन सम्पन्न भएको छ ।
जनता प्रा.वि. जानकी २ बनकटवा बेलभार मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । सहायक कर्मचारी लाल बहादुर भण्डारीका अनुसार ३ वटा बुथ क ख र ग रहेको यस मतदान केन्द्रमा जम्मा २४६२ मतदाता रहेकोमा महिला ८३० र पुरुष ९१८ गरी कुल १७४८ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् जुन ७१ प्रतिशत हुन आउछ यस मतदान केन्द्रको क बुथको मतदान अधिकृत दत्त बहादुर शाही ख बुथको प्रमोद कुमार बर्मा र ग बुथको कृष्ण कुमारी भण्डारीले जिम्मा पाउनु भएको थियो यस मतदान केन्द्रमा महिलाको भन्दा पुरुषको उल्लेख्य सहभागिता रहेको छ । यस मतदान केन्द्रमा मतदान गर्न पाउने अन्तिम समय ५ बजे भन्दा अगाडिबाट नै मतदाताहरु नै आउन छोडेका थिए ।