बाजुराकाे भगवती आधारभुत विद्यालयमा मतपेटिकामा आगो लागेपछि मतदान स्थगित

बाजुरा ।
स्वामीकार्तिक खापर गाउँपालिकाका-१ मा रहेको भगवती आधारभुत विद्यालयमा मतपेटिकामा आगजनी भएको छ । प्रदेश सभाको समानुपातिक तर्फको मतपेटीमा आगजनी भएपछि निर्वाचन स्थगित भएको हो ।

आगजनि कस्ले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्य थापाले जानकारी दिए ।

देशभर एकैचरणमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो। यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक गरी २७५ सिटका लागि निर्वाचन भएको हो। प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ५५० सिटका लागि निर्वाचन हुन्छ। यी सबै ८ सय २५ सिटमा कुल १२ हजार ९३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतिरको १६५ सिटका लागि २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन्।