ठुलो परिणाममा लागूऔषध सहित एक जना पक्राउ




कोहलपुर ।

बाँकेको नेपालगञ्जमा ठुलो परिमाण सहित एक जना पक्राउ परेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलीले आज फेरी पनि ठुलो परिमाण लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली लम्किचुवा नगरपालिका ४ का २४ वर्षका कर्ण बोगटीलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजजाँच गर्ने क्रममा फेनिरामाइल एभिल–२१५ पिस, नाईट्रोभेट–१० पिस र ट्रामाडोल – २१० पिस गरी ४३५ वटा पिस सहित बोगटीलाई पक्राउ गरेको इप्रका जमुनाले जानकारी दिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १२ गते सोमबार