लागुऔषध गाँजासहित दुईजना पक्राउ

भक्तपुर ।

चाँगुनारायण नगरपालिका-६ तेलकोटबाट अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ  परेका छन्।

पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-७ जगाती डेरा गरी बस्ने २८ वर्षीय कमल विक र रामेछाप दोरम्बा गाउँपालिका-८ घर भई भक्तपुर जगाती बस्ने १९ वर्षीय विशाल घतानी रहेका छन् ।

उनीहरुको साथबाट करिब १ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले नगरकोटबाट खरिपाटीतर्फ जाँदै गरेको बा-३ ख ६३१६ नम्बरको गाडी जाँच गर्ने क्रममा गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।