वागेश्वरी बहुमुखी क्याम्पसको शैक्षिक सम्प्रेषण विमोचन

कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसको शैक्षिक सम्प्रेषण विमोचन भएको छ । मंगलबार पाठ्यक्रम तथा मूल्याङकन विभाग स्नोतकोत्तर तह (एम.एड.) चौथो सेमेस्टरको आंशिक पाठ्यक्रम पुरा गर्नका लागि विद्यार्थीहरुले शैक्षिक सम्प्रेषण, २०७९ अंक २ वर्ष २ लाई विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पसका प्रमुख दान बहादुर हमाल, पूर्व क्याम्पस प्रमुख खगराज पन्त, रमेशचन्द्र अधिकारी, धु्रवकुमार अधिकारी, निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, पाठ्यक्रम तथा मूल्याङ्क विभागका विभागिय प्रमुख एकराज शर्मा र उप प्रध्यापक तथा पूर्व विभागिय प्रमुख टेकेन्द्र कुमार महत्तराले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

यस्तै कार्यक्रममा एकराज शर्मा, शिशिर कुमार शर्मा र टेकेन्द्र कुमार महतराले अनुसन्धानमुलक लेखन सिपको विकासमा जोड दिनुपर्नेमा भन्दै आफ्नो स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सभापति शैक्षिक सम्प्रेषण २०७९ प्रकाशन समितिका प्रधान सम्पादक ओमकार शर्मा रहेका थिए ।

यस्तै कार्यक्रममा दान बहादुर हमाल, विभागीय प्रमुख एकराज शर्मा, टेकेन्द्र कुमार महत्तरा, गोपीलाल शर्मा, रविन्द्र प्रसाद सुवेदी र कोहलपुर टुडे डटकम लगायत अन्य पत्रकारहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।