Kohalpur Today Header Ads

मुस्ताङमा विप्लवका २ कार्यकर्ता पक्राउ




जोमसोम ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव) समूहका दुई कार्यकर्तालाई मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्वाचन विरोधि गतिविधि गरेको भन्दै विप्लवका दुई कार्यकर्तालाई मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन बहिष्कार गरौं, निर्वाचन खारेज गर लगायतका निर्वाचन विरोधी सन्देश प्रवाह गर्ने,पर्चा पम्प्लेट टाँस्ने र भित्ते लेखन गर्दै हिँडिरहेको अवस्थामा नेकपा विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज शुशिला विक र प्रकाश विकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २८ गते सोमबार