Kohalpur Today Header Ads

बदर मत कम गर्न बासँगढीमा नमूना मतदान




रावन विश्वकर्मा , बर्दिया ।

मंसिर ४ मा हुने निर्वाचनलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गराउनको लागि बासँगढीमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बर्दियाले बासँगढी नगरपालिका ५ नम्वर वडा कार्यालयमा आईतवार नमुना मतदान कार्यक्रमको आयोजना गरेको हो ।

नमुना मतदानले शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन र बदर मत कम गर्ने उदेश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकृत कृष्ण बहादुर कुंवरले जानकारी दिए।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

नमुना मतदान गर्ने क्रममा सहभागी मतदाताहरुलाई मतपत्रमा स्वास्तिक छाप लगाउन , मतपत्र पट्याउन, चार वटा मतपत्र मध्ये कुनमा पहिले, कुनमा दोश्रो, कुनमा तेश्रो र अन्त्यमा कुन मतपत्रमा कसरी स्वास्तिक छाप लगाउने बारेमा सिकाएको बासँगढी नगरपालिकाका निर्वाचन फोकनपर्सन विमल पौडेलले जानकारी दिए ।

नमूना मतदानमा बासँगढी नगरपालिका प्रमुख खड्क बहादुर खड्का, इलाका प्रहरी, राजनितीक दल, बासँगढी नगरपालिकाका कर्मचारी लगाएकोे सहभागिता रहेको निर्वाचन फोकनपर्सन विमल पौडेलले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २७ गते आइतबार