कारले ठक्कर दिँदा एकजनाको मृत्यु

भक्तपुर ।
भक्तपुरको सल्लाघारी डा. इवामुरा मेमोरियल अस्पताल नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सल्लाघारीबाट सैनिक स्कुलतर्फ आउँदै गरेको बा ७ च ०८१५ नं को कारले सैनिक स्कुल हुँदै सल्लाघारीतर्फ जाँदै गरेको बागमति प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ बस्ने २३ वर्षीय सन्दिप बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनापछि बस्नेतलाई नजिकै रहेको डा.इवामरा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । कार चालक २० वर्षीय आयुष कायस्थलाई प्रहरीको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।