Kohalpur Today Header Ads

जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु




जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका– ९ उमगाडनजिकै स्कुलबसले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो।

तातोपानी गाउँपालिका– ५ ऐरेनीबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको भे.१क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको हो। मृत्यु हुनेमा चन्दननाथ नगरपालिका– ९ का ११ वर्षीय राजेश गिरी छन्।

बिहीबार अपराह्न ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २५ गते शुक्रबार