थप दश जनामा कोरोना संक्रमण, २६ जना निको

काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

एक हजार ३३९ वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।