चीनको मेनल्याण्ड क्षेत्रमा थप ११५० मा कोरोना संक्रमण

काठमाडौं ।

चीनको मेनल्याण्ड क्षेत्रमा थप ११५० मा कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३८५ जनामा परीक्षण गर्दा ११५० जनामा कोरोना पुष्टि भएको हो।

सो अवधिमा ४४९ जना संक्रमणमुक्त भएका छन्। बिहीबारसम्म २ लाख ५३ हजार ६१२ जना डिस्चार्ज भइसकेका छन्।

आयोगका अनुसार हालसम्म मेनल्याण्ड क्षेत्रमा ५ हजार २२६ जनाको मृत्यु भएको छ।