रौतहट ।
मौलापुर नगरपालिका-८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोटसहित बारा आदर्श कोतवाल गाउँपालिका-६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहा सहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
साथै पक्राउ परेकामश्ये मौलापुर नगरपालिका-६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई राखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
काेहलपुर टुडे । २५ कार्तिक २०७९, शुक्रबार १२:०३