सेनाद्वारा बाँके–बर्दियाका प्रहरीलाई विष्फोटक पदार्थ पहिचान तथा जोखिम बारे प्रशिक्षण




नेपालगञ्ज ।

आसन्न मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी नेपाली सेनाको बज्रदल गण राँझा व्यारेकको आयोजना तथा कालिबक्स गण (ई) सुर्खेतको प्राविधिक टोलीले बाँके र बर्दियामा निर्वाचनमा खटिने प्रहरी तथा म्यादी प्रहरीलाई विष्फोटक पदार्थ पहिचान तथा जोखिम (माईन रिक्स एजुकेशन) बारे प्रशिक्षण गरिएको छ ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t39.30808-6/313412849_432743172380719_8972202209084305780_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=8iSUC3OFXmQAX_7S1Nd&tn=R4egi5GaXiJfaO0E&_nc_ht=scontent.fktm9-2.fna&oh=00_AfCZqCRknav5H8BlFRqnqfnye8APniW4j2AoBFyhn-c8Ag&oe=63726C3E

आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी नेपाली सेनाको बज्रदल गण राँझाको आयोजनामा काली बक्स गण (ई) सुर्खेतको प्राविधिक टोलीले बाँके र बर्दियामा खासगरी निर्वाचनको बेला विभिन्न मतदान केन्द्र तथा स्थलहरुमा खटिने प्रहरी तथा म्यादी प्रहरीहरुलाई लक्षित गरी माईन (विष्फोटक पदार्थ) जोखिम शिक्षा उपलब्ध गराईएको हो ।

निर्वाचनलाई अबरोध पुराउने उदेश्यले राखिएका शंकास्पद बस्तुको पहिचान गरी त्यसबाट पुग्न सक्ने क्षतिको जानकारी गराउदै आफु कसरी जोगिने र र मतदातालाई कसरी जोगाउने बारे जानकारी गराईएको नेपाली सेनाको बज्रदल गण राँझाका सेनानी प्रविण थापाले जानकारी दिए ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t39.30808-6/313421940_432742959047407_7589695992430047752_n.jpg?_nc_cat=110&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=b9ppHYkLHogAX9CyPG9&_nc_ht=scontent.fktm9-2.fna&oh=00_AfDC0I5DjnD_3dB-UAysU6cYe2-U5pFm1kfvMKwGYdD4mg&oe=63712560

उनले यस्तो खालको प्रशिक्षण कक्षा बाँके र बर्दियाका विभन्न ६ स्थानमा सञ्चालन गरिएको बताए । जिल्लाका सबै मतदान केन्द्रमा खटिने म्यादी प्रहरीहरु फन्टलाईनमा रहने र कुनै पनि शंकास्पद बस्तु पहिला उनीहरुलाई जानकारी हुनसक्ने भएकोले निर्वाचन सुरक्षालाई व्यवस्थित बनाउन यो तालिम फलदायी हुने अपेक्षा गरिएको छ ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t39.30808-6/313428032_432742715714098_7851661552504629502_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=rdJYJxRCdtEAX9NjzSE&tn=R4egi5GaXiJfaO0E&_nc_ht=scontent.fktm9-2.fna&oh=00_AfCUJtuZaIpGi-mW4fgdOQPQFFl9NCkTy-j77xqXfr274w&oe=6371CBC7

माईन (विष्फोटक पदार्थ) जोखिम शिक्षा काली बक्स गण (ई) सुर्खेतबाट सहसेनानी हिराबहादुर श्रेष्ठको कामण्डमा खटिएको टोलीले प्रक्षिण दिदै आएको छ । नेपाली सेनाले नागरिकलाई माईन (विष्फोटक पदार्थ) जोखिम शिक्षाको कक्षा समेत सञ्चालन गर्दै आएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २४ गते बिहीबार