एकैदिन सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढ्यो

काठमाडौँ ।
एकैदिन सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँ रहेको सुन बुधबार ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य कात्तिक महिनाकै उच्च हो ।

गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । त्यस्तै चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ । मंगलबार १२६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला बढेर १२९५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्नुका साथै नेपाली मुद्रा कमजोर हुँदा नेपालमा प्रभाव परेको महासंघले जनाएको छ ।