काठमाडौं ।
कीर्तिमानी नेपाली फिल्म ‘कबड्डी ४’लाई हलमा नहेरेका दर्शकलाई खुसीको खबर छ । रामबाबु गुरुङ निर्देशित फिल्म आगामी शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ ।
एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले शुक्रबार उक्त फिल्मलाई डिजिटल प्रिमियर गर्न लागिएको जानकारी दिए । दर्शकले २०० रुपैयाँमा सशुल्क एपमार्फत फिल्म हेर्न पाउनेछन् ।
गत जेठ १३ गते हलमा रिलिज भएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्मले नेपालमा साढे २२ करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो । भारतसहित डायस्पोराबाट मात्र फिल्मले १० करोडभन्दा बढी कमाइ गरेको थियो ।
‘हलमा हेर्न नपाएका दर्शकले अब सिनेमाघर एपमा फिल्म हेर्न पाउनुहुनेछ,’ लामिछानेले भने । निर्माता चाहिं यतिबेला कबड्डीको पाँचौं श्रृंखलाको तयारीमा जुटेका छन् । यसका लागि दुई वर्ष समय लाग्ने निर्माता तथा निर्देशक रामबाबु गुरुङले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्