रुकुम आउँदै गरेको बस त्रिशूलीमा खस्दा १९ घाइते (नामावली सहित)

शुदाम शर्मा, रूकुम पश्चिम ।

काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १९ जना घाइते भएका छन् । बा ४ ख ५७ २० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको थियाे ।

प्रहरीका अनुसार धादिङ जिल्ला  गल्छी गाउँपालिका ८  का बस चालककाे टाउकोमा चोट लागेको र रूकुमकै  पूर्वी रूकुमको सिस्ने गाउँपालिका ४ का भुवन केसीकाे दुवै हात खुट्टामा चोट लागेको छ भने अन्य सामान्य घाइते भएका छन् ।

सबै घाइतेको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले  जनाएकाे छ ।

घाइतेहरूको विवरण

१. धादिङको गल्छी गाउँपालिका ८ मा बस्ने वर्ष २४ का बस चालक सुमन तामाङ
२. पूर्वी रूकुमको सिस्ने गाउँपालिका ४ का बासिन्दा वर्ष १९ का भुवन केसी
३. रूकुमको भूमि गाउँपालिका ५ मा बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर
४. दोलखाको बैतेश्री गाउँपालिका ८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ
५. पश्चिम रूकुमको बाफिकोट गाउँपालिका ९ बासिन्दा वर्ष ३६ का मदन बहादुर बिक
६. कञ्चनपुरका बासिन्दा वर्ष २४ का तेज बहादुर कठायत
७. कास्कीका बासिन्दा कृष्ण प्रसाद अधिकारी
८. काठमाडौंका बासिन्दा अनिष लामिछाने
९. बाराको करैयामाई गाउँपालिकाका बासिन्दा वर्ष २७ को प्रविण चौधरी
१०. रौतहटको चन्द्रपुर नगरपालिका २ की बासिन्दा वर्ष २६ की सिता मैनाली
११. रूकुमको सानोभेरी गाउँपालिका ३ बासिन्दा वर्ष ५० को नर बहादुर खड्का
१२. रूकुमको पश्चिम आठबीसकोट गाउँपालिका ८ का बासिन्दा वर्ष ३४ का शिव बहादुर शाही
१३. दोलखाको कालिञ्चोक गाउँपालिका ९ का बासिन्दा वर्ष ३४ का अभिषेक खाँती
१४. सिरहा गोलबजार नगरपालिका १३ का बासिन्दा वर्ष २२ का रमेश सिंह
१५. बागलुङको निसाखोला गाउँपालिकाका बासिन्दा सविन छन्त्याल
१६. रूकुमको चौरजहारी नगरपालिका १ का बासिन्दा योगेश्रवर बिक
१७. रूकुमको चौरजहारी नगरपालिका १ का बासिन्दा प्रेम सिंह बोहोरा
१८. रामेछापको मन्थली नगरपालिका ९ का बासिन्दा मिलन लामा
१९. धादिङको गल्छफ गाउँपालिका ८ का बासिन्दा रत्न तामाङ