Update :काठमाडौंबाट रुकुम आउँदै गरेको बस त्रिशूलीमा खस्दा १६ जना घाइते




शुदाम शर्मा, रूकुम पश्चिम ।

काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् ।

बा ४ ख ५७ २० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको हो ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ । सो बसमा २२ जना आएको अनुमान गरेको प्रहरीले जनाएको छ ।

 

तस्विर : सन्ताेष पाैडेल

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १९ गते शनिबार