शुदाम शर्मा, रूकुम पश्चिम ।
काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् ।
बा ४ ख ५७ २० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको हो ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ । सो बसमा २२ जना आएको अनुमान गरेको प्रहरीले जनाएको छ ।
तस्विर : सन्ताेष पाैडेल
प्रकाशित मिति : २०७९ कात्तिक १९ गते शनिबार
प्रतिक्रिया दिनुहोस्