कोहलपुरमा डाक्टरको लापरवाहिले सुत्केरीको मृत्यु, आफन्तद्धारा आन्दोलन (भिडियाे सहित)

Featured Video Play Icon

कोहलपुर ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सुत्केरी महिलाको मृत्यु भएको छ । शुक्रबार राती कोहलपुर नगरपालिका १ काैशिलानगर वर्ष ३२ की पासाङ सेर्पाको डाक्टरहरुको लापरवाहीका कारणले गर्दा मृत्यु भएको भन्दै आफ्न्तहरुले आन्दोलन गरिरहेका छन् ।

शुक्रबार बिहान १० वजे अस्पतालमा सामान्य हिड्दै आएकी थिइन् । उनले सुत्केरी हुने समय आइपुगेकोले जाँच गर्ने भनी आएका थियौ तर अप्रेशन गर्ने भनेर आएका थिएनौं तर मेरो श्रीमतीको डाक्टरको लापरवाहिले मृत्यु गरिदियो सेर्पाका श्रीमान लिलाधर परियारले कोहलपुर टुडेसंग कुराकानीमा भने ।

अहिले आफ्न्तहरुले अस्पताल प्रशासनको विरुद्ध नाराबाजी गरिरहेका छन् । अहिले प्रहरी प्रशासनले आफन्तहरुमा लठठी चार्ज समेत गरेको छ ।