मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष सुवेदी एमालेमा प्रवेश




कोहलपुर ।

मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष श्रीधर सुवेदी एमालेमा प्रवेश गरेका छन। बाँकेको कोहलपुरमा आयोजित एमालेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सुवेदी एमालेमा प्रवेश भएका हुन्।

२०५७ साल बाट पत्रकारीता गर्दै आएका सुवेदी रा.प्र.पा नेपालका पूर्व केन्द्रिय सदस्य समेत हुन् । सुवेदीलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीमा स्वागत गरेका हुन्। हाल सुवेदी (एन.एन) मिडिया प्रा.ली का अध्यक्ष तथा न्यूज नमस्तेका प्रधान सम्पादक समेत हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १७ गते बिहीबार