Kohalpur Today Header Ads

बैजनाथमा ‘हरिबोधनी’ एकादशी मेला सञ्चालन हुने




काेहलपुर ।

बाँकेकाे बैजनाथ गाँउपालिका-६ लालपुरमा ‘हरिबोधनी’ एकादशी मेला सञ्चालन हुन लागेकाे छ ।

हरेक बर्षमा नियमित सञ्चालन भइरहेकाे मेला गत वर्षमा काेराेनाका कारणले गर्दा मेला सञ्चालन हुन सकेकाे थिएन । तर याे वर्षमा मेला लाग्ने भएकाे छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बुधबार मेला सञ्चालन गर्न दिल बहादुर विश्वकर्माका संयाेजकत्वमा ३५ सदस्यीय मुल समिति गठन गरिएकाे छ ।

यहि कार्तिक १८ गतेका दिन पौराणिक हरिबोधनी एकादशी मेला लोक संस्कृति जोगाउने उदेश्यले मूल समिति गठन भएकाे हाे ।

यस्तै कार्तिक १८ गते बेलुका ६:०० बजेदेखि शनिबार दिउँसो १२:०० बजेसम्म न्युज जर्नी युथ क्लबको व्यवस्थापन मा मेला लाग्ने संयाेजक विश्वकर्माले जानकारी दिए ।

यस्तै मेला सञ्चालन गर्नेका लागि आर्थिक व्यवस्थापन उप समितिका संयाेजक सुमन विश्वकर्मा, मन्च व्यवस्थापन उप समितिका संयाेजक कृष्ण रिजाल, स्टल व्यवस्थापन उप समितिका संयाेजक भागिलाल लोहार, विद्युत व्यवस्थापन उप समितिका संयाेजक मेघराज खड्का, पानी व्यवस्थापन उप समितिका संयाेजक भिम बहादुर वलि, पार्किङ्ग व्यवस्थापन उप समितिका संयाेजक विकास पुन सुचना तथा सञ्चार व्यवस्थापन उप समितिका संयाेजक दिल विश्वकर्मा र सुरक्षा समन्वय उप समितिका संयाेजक दिल बहादुर घर्तीरहेका छन् ।

साे मेलामा पञ्चैबाजा, सिंङ्गारु, झ्याउरे, लहरे पैसेरी, ख्याली, मयुर नाच जस्ता हुने मुल समिति संयाेजक विश्वकर्माले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १६ गते बुधबार