किसानको अनुहारमा खुसी, कतै मल खोज्दै लाइनमा

कोहलपुर ।

हातमा फरुवा समातेर खुसी अनुहारले खेतको डिल खनिरहेका थिए । सेतो टिसट, कालो हाप पाइन्ट र सेता दात । फरुवाले खेतको डिलमा हानेपछिको उफ्रिएको हिलो । करिब बिहान ७ बजेको समयमा सिमसिम पानी परिहेको थियो । तर, किसानहरुलाई पानीको प्रवाह थिएन् । यो दृष्य देखियो कोहलपुर नगरपालिका वडा नम्बर २ का किसान बिर बहादुर बुढा । ‘लामोसमयपछि पानी पर्‍र्यो, निकै खुसी छु,’ उनले भने, ‘असार १५ गतेबाट रोपाई सुरु गरेको छु ।’ साँझा सहकारीमार्फत १ बोरा मल पाए । रोप्नका लागि तयारी जुटिरहेका किसानको अनुहारमा पहिलो मुस्कान । कति प्यारो अनि सुन्दर ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का बिर बहादुर बुढा

तर मल नपाउँदा निकै दुखी किसानहरु सहकारीमा लाइनमा छन् । यो अर्को दृष्य देखियो कोहलपुर-११ स्थित साँझा सहकारी संस्थामा । ‘असार १६ गैसक्यो, अझै रोपाई गर्ने सुरसार छैन मलको लाईनमै छौं’, लाइनमा बसेका कोहलपुर १४ निवासी किसान उमेश थारुले भने । ‘सीमित मल आउँछ, लाइनमा लाग्दा लाग्दै मल सकिन्छ, नागरिकता लिएर मलको लाईनमा लागेको ३ घण्टा भो, मल पाएका छैनौं थारु बताउँछन् ।’

मल लिनकाे लागि कोहलपुर-११ स्थित साँझा सहकारी संस्थामा लाइनमा ।

यस्तै सहकारीका अध्यक्ष पारस नाथ थारुले पर्याप्त मात्रामा मल नआएकोले मल उपलब्ध गराउन नसकेको बताए । ‘सकेसम्म मल किसानहरुलाई पुर्‍याउनका लागि प्रयास गरिरहेका छौं, उनले भने,’ ‘सोमबार १ सय ४० बोरा मात्र मल पठायो ।’ ‘अहिले साल्ट ट्रनिङ्गबाट मरिहत्य गरी मल ल्यायौं, केही किसानहरुलाई मल उपलब्ध गरायौं, तर अधिकांश किसानहरुलाई मल उपलब्ध गराउन सकिरहेका छौंनौं थारु बताउँछन् ।

कोहलपुर नगरपालिका नगर कृषि शाखाका प्रमुख चन्द्र बुढाले मलको विषयमा कृषि शाखा र नगरपालिकाले केही गर्न नसक्ने बताए । ‘कोहलपुर ६ वटा सहकारी १ र्फमले अनुदानमा मल वितरण गर्ने जिम्मा दिएका छौं’ उनले भने, ‘साल्ट टे«निङ्गमा मल आयो भने मात्र कोहलपुरका किसानहरुले मल पाउँछन् ।’ कोहलपुरमा राधा ४, १४ रामधान, मन्सुली, सावित्रि, घैया, बहुगुणि जस्ता प्रजातिका धान २ हजार ८ सय ५० हेक्टरमा धान रोपाईँ हुन शाखा प्रमुख बुढाले बताए ।