कालिकोट बासिकाे बाध्यता र दुखमा रमाइलो मनाउनु दु:खद् हाे : शिक्षक लामिछाने

यही पुललाई आज मानिसहरु कालिकोटको भाइरल पुल भनेर सामाजिक संजाल रंगाइरहेका छ्न अचम्म लाग्छ ।

लामो समयदेखि अति व्यस्त रहदै आएको जितेगडा बजार र त्योसगैँ सटेको झोलुङ्गे पुल दसैंमा आएको कर्णालीको बाढीले पुर्णरुपमा तहसनहस पारेको दृश्यले कता कता खल्लो अनुभुती गरायो । कोटवाडा उकालो लाग्दा पार गर्नुपर्ने यो बजार र पुलमा मानिसहरुको त्यो भिडभाड आज मसानघाट झै सुनसान छ ।

‘प्रकृतिको लिला पनि अचम्म छ। याे पाेष्टगर्दै कालिकोटबाट शिक्षक केशवराज लामिछानेले कालिकोट बासिकाे बाध्यता र कालिकोट बासिन्दालाई कर्णाली नदिले दिएको दुख र स्थानीयले गरेको प्रयासलाई मजाक बनाउन र दुखमा रमाइलो मनाउनु दुखद हाे ।’ लेखेका छन् ।