न्युरोडमा एक जना पुरूषकाे मृत्यु

Dead body in a mortuary

काठमाडौंको न्युरोडमा एक जना पुरूष मृत फेला परेका छन्।
मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले पुरूष मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।

अन्दाजी ४५ वर्षीय पुरूषको पहिचान खुलेको छैन। उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको खुलेको छ।

घटना भने शंकास्पद रहेको एसपी मैनालीले बताए। मृतकको निधारमा चोट पनि देखिएको छ।

घटनाको खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट डिएसपीसहितको टोली घटनास्थलमा पुगेको थियो। परिसरबाट पनि एसएसपी, एसपी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी, एसपी लगायतको टोली पनि खटिएको थियो