तिहार सुरु भएसँगै भरिभराउ भए बजारहरु

अस्मिता बि.क., काेहलपुर ।

नेपालीको मुख्य चाड मध्येको एक हो, शुभ दीपावली अर्थात् तिहार। तिहार सुरू भएसँगै गाउँ–शहरमा तिहारको रमझम बढेको छ ।

सबैका घर तथा पसलहरुमा झिलिमिली बत्ती र रङ्गीचङ्गी फूलहरले सजिएका छन् । तिहारको रमझममा मानिसहरू व्यस्त देखिएका छन् ।

यससँगै बजारमा तिहारका सामग्री किनबेच गर्नेहरूको चहपल बढेको छ। बजारमा मानिसको घुइँचो बढेसँगै व्यापारीहरू पनि उत्तिकै उत्साहित बनेका छन् ।

तिहारमा आवश्यक पर्ने सामानहरु किन्न बाँकेका मुख्य शहरहरुमा निकै चहलपहल बढेको छ। नेपालगन्ज र काेहलपुर व्यापारिक केन्द्र मानिने असन क्षेत्रमा पनि तिहारका सामग्री किन्नेको भिड बढेको छ।

लक्ष्मीपुजा देखि भाइटिका सम्म चाहिने साम्रागी अन्य ठाउँको तुलनामा सस्तो हुने भएकाले भिडभाड बढेको हो ।