कोहलपुर नगरपालिका २ मा ‘आफ्नो ठाउँ आफै सफा गरौं’अभियान सुरू

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का विभिन्न स्थानमा सरसफाई गरिएको छ ।

नेपालीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रम अन्तरगत वडाको शिद्धनगर टोलमा सरसफाई गरिएको हो ।  ‘आफ्नो ठाउँ आफै सफा गरौं’ भन्दै वडा कार्यालयले सुरु गरेको थियो ।

शिद्धनगर टोल विकास संस्थाको आयोजनामा गरिएको सरसफाई कार्यक्रममा नगर प्रमुख पूर्ण प्र्रसाद आचार्य, वडाध्यक्ष हरी सिंह कठायत, सशस्त्र प्रहरी, नगर प्रहरी, स्वास्थ्यकर्मी लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रममा सरिक हुँदै नगर प्रमुख आचार्यले सरसफाईलाई मध्यनजर राख्दै वडाले थालेको अभियानाको प्रसंशा गरेका छन् । आचार्यले सरसफाईमा वडाको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै प्रत्येक वडाबासीले आफै अघि बढ्नुपर्ने बताए ।

उनले वडाको मात्रै नभई समग्र अब नगरको सबै फोहोरहरु ब्यवस्थापन हुने बताएका छन् । वडाध्यक्ष कठायतले नागरिकहरुको स्वास्थ्य, सरसफाई तथा हरियालीलाई जोड दिदै सो अभियानलाई अगाडी बढाउँने बताएका छन् ।

कठायतले सरसफाईका लागि सबै वडाबासीमा जनचेतना जगाईने बताए । उनले वडामा भएका बालक्लब, युवाक्लब तथा विभिन्न सामाजिक संघसस्थाहरुसगं सहकार्य गरिने जानकारी दिए ।