नेल्टा बाँकेद्धारा प्रस्ताव लेखन कार्यशाला

कोहलपुर ।

बाँकेको बैजनाथमा गाउँपालिका १ गाभरमा नेल्टा बाँकेद्धारा प्रस्ताव लेखन कार्यशाला शनिबार सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नेल्टाका पदाअधिकारी र शिक्षकहरुलाई प्रस्ताव लेखन कार्यशाला गरिएको हो ।

नेल्टा केन्द्रिय समितिका सदस्य तथा लुम्बिनी प्रदेश शैक्षिक तालिम केन्द्र रुपन्देही शाखा कार्यालय नेपालगञ्जका अंग्रेजी भाषाका प्रशिक्षक होमराज खड्काले प्रस्ताव लेखनमा आवश्यक विषयबस्तु बारे चर्चा गरेका थिए ।

यस्तै नेल्टा बाँकेका अध्यक्ष टर्क बहादुर खत्रीले आगामी फागुन ५ देखि ७ गतेसम्म काठमाण्डौंमा नेल्टाको २७ औं अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने प्रस्तावना सम्बन्धी कार्यशाला गरेको बताए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसका उप प्राध्यापक प्रमोद सुवेदी, बागमति प्रदेश काभ्रेपलान्चोक जिल्लामा कार्यरत अंगेजी भाषा शिक्षक बेगम थापा, नेल्टा बाँकेका कोषाध्यक्ष कमल घर्ति, नेल्टा बर्दियाका जिल्ला सदस्य अजय लामिछाने, कोहलपुर नगरपालिका सामाजिक विकास समितिका ईश्वरी विश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।