Kohalpur Today Header Ads

गुल्मीमा मादल बनाउनेलाई भ्याइ–नभ्याई




गुल्मी ।
तिहार पर्वसँगै गुल्मीमा मादल बनाउनेहरुलार्ई भ्याइनभ्याई भएको छ । तिहारमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्ने र पुरानो मर्मत गर्न आउने हुँदा गुल्मी सदरमुकाम तम्घासमा मादल बनाउनेहरुको व्यस्तता बढेको हो ।

तम्घासमा गल्कोटे मादल नामले व्यवसाय गर्दै आएका डिलबहादुर नेपाली दुई वर्षसम्म कोरोना महामारी गर्दा थलिएको व्यवसाय यस वर्ष भने चम्किएको बताउँछन् । ‘तिहार आइसकेकाले बिहानदेखि रातिसम्म व्यस्त भइन्छ,’ नेपाली भन्छन्, ‘दुई/चार हजार कमाइ पनि भएको छ ।’ नेपालीले वर्षौंदेखि यही पेसाबाट परिवारको खर्च चलाउँदै आएको बताए ।

तीज र तिहारमा धेरै मादल खपत हुने गर्दछ । उनका अनुसार एउटा मादल तयार गर्न २/३ दिन लाग्ने गर्दछ । एउटा मादलको समान्यतया २५ सयदेखि ५ हजार रुपैयाँसम्म (आकार अनुसार) पर्ने गर्दछ । एक सिजनमा डेढ लाखसम्मका मादल बिक्री गर्ने गरेको नेपाली बताउँछन् । चाडपर्व बाहेक अन्य समयमा भने कामको धेरै चाप नहुने उनले बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

दमाहा, ट्याम्को, ढोलक लगायतका नौमती बाजासमेत बनाउने गरेको उनको अनुभव छ । काठ, बाख्राको छाला, भैंसी र गोरुको छाला, अंगार, खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिन्छ ।

मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति ध्यान दिने नगरेको नेपालीले बताए । अरुले त घृणा गर्ने गरेको त सुनेको थिएँ आफ्नै छोराले पनि यो काम गर्न हुन्न भन्छ,’ नेपालीले भने ।

मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको मादल बनाउनेहरुको भनाइ छ । खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने मादल बनाउनेहरुको अनुभव छ ।

तम्घासमा तयार भएको मादल गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानमा समेत पुग्ने गर्दछ । पछिल्लो समय मादल भन्दा पनि साउण्ड सिस्टमबाट देउसीभैलो खेल्ने प्रचलनले मादल व्यवसायमा असर पर्ने गरेको व्यवसायीहरुको गुनासो छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ५ गते शनिबार