सानिमा बैंक काेहलपुर शाखाले दुई जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमा छनौट

काेहलपुर ।

सानिमा बैंक काेहलपुर शाखाले दुइजना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमा छनौट गरेकाे छ ।

सराेकारवाला निकायसँगको बैठक पछि शुक्रबार कृष्ण माध्यमिक विद्यालय कौशिलानगरमा पढ्ने सुलाेचना खत्री र राम माध्यमिक विद्यालयमा पढ्ने दिपिका बिकलाई छात्रवृत्तिमा छनौट गरिएको बैंकका शाखा प्रबन्धक सन्तोष गुरुङले जानकारी दिनुभयाे ।

एसइई उतिर्ण गरेर कक्षा ११ र १२ पढिरहेका ती विद्यार्थीलाई आर्थिक समस्या नहाेस् भनेर छात्रवृत्तिमा छनौट गरिएको हो । उनिहरुलाई प्रत्येक बर्ष प्रति विद्यार्थी रु ५० हजारसम्म खर्च मिल्ने छ ।

छनौट बैठकमा राष्ट्रिय परीक्षा बोर्डका काेहलपुर कार्यालय प्रमुख रामसुरेश यादव,काेहलपुर नगरपालिका शिक्षा शाखाका प्रतिनिधी लगायतकाे सहभागिता थियाे ।

सानिमा बैंकले माेफसलका बालबालिकाकाे उच्च शिक्षाका लागि छात्रवृत्ति दिदै आएको छ । साेहि बैंकको काेहलपुर शाखाले यसअघि बिभान बुढा र पुर्ण खत्रीलाई छात्रवृत्ति दिइसकेकाे छ ।