अस्मिता विक, कोहलपुर ।
बाँकेको कोहलपुर-१० त्रिभुवन माध्यमिक विद्यालयमा वतृत्वकला प्रतियोगिता गरी अन्तराष्ट्रिय बालिका दिवस मनाइएको छ । बुधबार सृजनशिल अपाङगता नमूना बाल क्लबको आयोजना र रुम टु रिडको सहयोगमा वतृत्वकला प्रतियोगिता गरी अन्तराष्ट्रिय बालिका दिवस मनाइएको हो ।
सो वतृत्वकला प्रतियोगितामा कक्षा १२ की आशा गिरी प्रथम, कक्षा १० की अस्मिता धिताल, कक्षा की विदुशी पोखरेल तृतीय र कक्षा १२ की सिर्जना कंवरले सान्तोना स्थान ल्याएका छन् ।
यस्तै चक्लेट रेश प्रतियोगितामा कक्षा ८ का सन्देश विक प्रथम, कक्षा ६ की निर्मला बस्नेत द्धितिय, कक्षा ९ का सुजित प्रजुली र कक्षा ८ का सुशान्त शर्मा सान्तोना स्थान ल्याएका छन् ।
यस्तै निर्णायक मण्डलमा त्रिभुवनका शिक्षक मणि प्रसाद गैरे, राम बहादुर चौधरी, अनिता थापा रहेका थिए । वतृत्वकला प्रतियोगिता कार्यक्रमका सभाअध्यक्ष करुणा विश्वकर्माले गरेकी थिइन भने कार्यक्रमकाे सञ्चालन बाल क्लब अध्यक्ष नम्रता बुढाथाेकी गरेकी थिइन् ।
यस्तै कार्यक्रममा कार्यक्रममा त्रिभुवन नूमना माध्यमिक विद्यालयकी प्रानाध्यापक देवका बस्नेत थापा, रुम टु रिडका बरिष्ठ कार्यक्रम सहायक टिका चाैधरी, बरिष्ठ सामाजिक परिचालनक सविता सुनार, त्रिभुवन नमूना माविका शिक्षक, विद्यार्थी र अभिभावकहरूकाे उपस्थित रहेकाे थियाे ।
रुम टु रिडले विगत २०७२ साल देखि त्रिभुवन नमूना माविमा बालिका शिक्षा कार्यक्रम अन्तर्गत जिवन उपयाेगी सिप तालिम, अतिरिक्त क्रियाकलाप लगायत अन्य कार्यक्रम गरिरहेकाे छ । रुम टु रिडका त्रिभुवन नमूना माविमा ६ जना स्टाफ छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्