काठमाडौँ ।
महेन्द्र राजमार्गअन्तर्गत नारायणी नदीमाथि अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ बन्ने भएको छ। चितवन र नवलपरासी जोड्ने उक्त पुल निर्माणका लागि सडक विभागले ठेक्का आह्वान गरेको हो।
चिनियाँ प्राविधिकको सहयोगमा डिजाइन एन्ड बिल्ड मोडलमा पुल निर्माण गर्ने सडक विभागले जनाएको छ। ५०० मिटर लामो पुललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने विभागको योजना छ। चार लेनको पुल आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ।
सडक विभागले कर्णालीको चिसापानीमा पनि अत्याधुनिक प्रविधिको पुल निर्माण तयारी थालेको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्