बाँसगढीमा बृहत रक्तदान शिविरमा ७१ जनाले गरे रक्तदान

रावन विश्वकर्मा, बर्दिया  ।

बर्दियाको बाँसगढीमा भएको बृहत रक्तदान शिविरमा ७१ जनाले रक्तदान गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी र लायन्स क्लब अफ बाँसगढीको संयुक्त आयोजनामा बिहिबार नगर अस्पताल बाँसगढीमा भएको बृहत रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान शिविरमा ७१ जनाले रक्तदान गरेको र रक्तदान गर्ने सबै जनालाई प्रमाण पत्र समेत दिएको नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समितिका अध्यक्ष विनोद कुमार परियारले जनाकारी दिएका छन् ।

बासँगढी नगरपालिकाको संरक्षक, नगर अस्पताल बासँगढी र नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखाको समन्वय तथा प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । रक्तदान शिविरमा बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले रक्तदान गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

लायन्स क्लव अफ बर्दिया बाँसढीका अध्यक्ष विपिन पौडेल, नेपाल स्वयंसेवी रक्तदान समाज बर्दियाका अध्यक्ष प्रेम लम्साल, उपाध्यक्ष सन्तोष बास्तोला लगायतका व्यक्तित्वहरुले प्राविधिक रुपमा सहयोग गरेको आयोजनले जनाएको छ । रक्तदान शिविरमा बाँसगढी क्षेत्रका विभिन्न व्यक्तित्वहरुले रक्तदान गरेको थिए ।