केकी अधिकारी फिल्म ‘प्रसाद २’ मा अनुबन्धित

काठमाडौं ।
अभिनेत्री केकी अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिएकी छन् । नम्रता श्रेष्ठले छायांकनअघि नै फिल्म छाडेपछि निर्माताले केकीलाई अनुबन्धित गरेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै केकीले आफू ‘प्रसाद २’मा जोडिएको जानकारी दिइन् । केकी प्रमुख महिला पात्र कल्याणीको भूमिकामा देखिनेछिन् । उनी विपिन कार्कीको अपोजिटमा प्रस्तुत हुनेछिन् ।

केकीलाई अनुबन्ध गर्नुअघि निर्माताले ऋचा शर्मा र सुरक्षा पन्तलाई पनि प्रस्ताव गरेका थिए । निर्माता संघमा भएको निर्माता र कार्कीबीचको सहमतिअनुसार फिल्मको छायांकन मंसिर ७ गतेदेखि सुरु गर्ने योजना छ ।

सुदर्शन थापाले निर्देशन गर्ने फिल्म अन्तरजातीय बिहे र यसको सामाजिक आयाममा आधारित हुनेछ । ‘प्रसाद २’मा अब नम्रता र निश्चल बस्नेत देखिनेछैनन् । फिल्ममा अर्पण थापा र राज कटुवाल पनि प्रमुख भूमिकामा हुनेछन् ।