कोहलपुरमा ‘पढ्दै कमाउँदै’ सहजिकरण कार्यक्रम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा पढ्दै कमाउँदै सहजिकरण कार्यक्रम गरिएको छ ।

बुधबार बालशिक्षा माध्यमिक विद्यालयको आयोजनामा भएको बढ्दै कमाउँदै सहजिकरण कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका थिए ।

आचार्यका अनुसार कोहलपुरका ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम अति प्रभावकारी र आवश्यक रहेको बताए । यो कार्यक्रम एक मात्र विद्यालयमा सञ्चालन भएकोले अन्य विद्यालयमा समेत सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पढ्दै कमाउँदै कार्यक्रमका प्रशिक्षक नारायण सिग्देल, मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा, राम माविका पुर्व प्रधानाध्यापक जैयद अहमद खां, त्रिभुवन नमुना मावि का प्रधानाध्यापक देबका बस्नेत थापा, ज्ञान ज्योति माविका प्रधानाध्यापक विनोद लम्साल, वडा नं १३ का वडा अध्यक्ष ड्म्बर खडका, शिवशक्ती आविका प्रधानाध्यापक बद्रीनाथ सापकोटा, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका उपाध्यक्ष मणि प्रसाद गैरे, नगर शिक्षा शाखा कोहलपुरका शाखा अधिकृत शिला गौतम, प्रास बल बहादुर बिक, शिक्षा समिति कोहलपुरका सदस्य लिल बहादुर राना लगायत विभिन्न विद्यालयका विव्यस अध्यक्ष, शिअ संघका अध्यक्षको उपस्तिथि रहेको थियो ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक टर्क खत्री सञ्चालन गरेका थिए ।