बझाङमा जीप दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु

धनगढी ।
बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले अनलाइनखबरसँग भने, ‘चार जनाको शव निकालेका छौँ । घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन ।’

डीएसपी भण्डारीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।