Kohalpur Today Header Ads

चौरजहारी-मुसिकोट ५ वटा नगर बस सञ्चालन




शुदाम शर्मा, रूकुम पश्चिम ।

चौरजहारी नगरपालिकाले कार्यालय कामकाजको लागि सदरमुकाम मुसिकोट जाने नागरिकहरूको सहजताका लागि चौरजहारी – मुसिकोट नगर बस सञ्चालन गरेको छ । यात्रुहरूको सहुलित र सहज आवागमनका लागि नगर बस सञ्चालन गरिएको हो ।

चौरजहारी बसपार्कदेखि मुसिकोटसम्म बस सञ्चालन गरिएको भएता पनि यात्रुहरूको मागअनुसार खोलागाउँ चौरजहारी हुदै मुसिकोट बस सञ्चाालन गर्ने तयारी रहेको छ । चौरजहारीदेखि मुसिकोटसम्म ४५० र खोलागाउँदेखि मुसिकोट ५५० भाडा कायम गरिएको छ । चौरजहारी नगरपालिकाले २०७६ देखि नगरपालिका क्षेत्रभित्र नगर बस सञ्चालन गर्दै आएको छ । हाल चौरजहारी नगरपालिकाले ५ वटा नगर बस सञ्चालन गरेको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्ताे छ सूचना

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २ गते बुधबार