कोहलपुर ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागी नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले मनोनयन दर्ता गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार प्रतिनिधि सभाको उम्मेदवारको लागी जनार्दन शर्माले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कार्यालय रुकुम पश्चिमले जानकारी दिए ।
जनार्दन शर्माको प्रस्तावकमा गोपाल शर्मा र समर्थकमा रातो कामी रहे भने यस्तै गरि प्रतिनिधि सभामा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को लागी महेन्द्र केसीले र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को लागी राजकुमार शर्माको उम्मेदवार दर्ता भएको छ । महेन्द्र केसीको प्रस्तावकमा गोपिश्वर केसी र समर्थकमा देविलाल गौतम रहेका छ्न भने राजकुमार शर्माको प्रस्तावकमा गोविन्द रोका र समर्थकमा देवबहादुर विक रहुनभएको छ । जनार्दन शर्मा भने हाल नेपाल सरकारको अर्थमन्त्री समेत हुन । रुकुम पश्चिममा काङ्ग्रेसको उमेरद्वरीदर्ता गराएको छ।प्रदेश क कृष्णबहादुर राेकाय र प्रदेश ख मा प्रेमबहादुर ओलिले दर्ता गराएका छ्न । त्यसैगरी नेकपा एमालेका प्रतिनिधि सभामा नन्द राम देवकोटा र प्रदेशमा क नारायण कुमार शाह तथा प्रदेश ख मा कर्ण घर्तीले दर्ता गराएका हुन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्