खेलकुदमन्त्री अथक बाँके क्षेत्र नम्बर १ बाट सिफारिस




काेहलपुर ।

प्रतिनिधि सभा निर्वाचन लड्नका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथक बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले मन्त्री अथकलाई मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनका लागि प्रतिनिधिसभाको क्षेत्र नम्बर १ बाट सिफारिस गरेको हो । मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित बनेका थिए ।

युवा तथा खेलकुद मन्त्रालयमा असाधारण परिणाम निकालिरहेका उनको कामको चर्चा भइरहेको छ । उनले सम्हालेयता खेलकुदमन्त्रालयको गतिविधि ह्वात्तै बढेको छ । युवा र खेल क्षेत्रका विकासका लागि मन्त्री अथकले दर्जनौँ कदमहरु पनि चालेका छन् ।

हुलाकी सडक ६ घण्टाको बाटो ५० मिनेटमा छोट्याउने, राप्ती नदी वारिपारी तटबन्ध निर्माण, फास्ट ट्र्याकबाट सिक्टा सिंचाइ आयोजना निर्माण, एक पालिका एक खेल ग्राम निर्माण र टिनकाे छानाेबाट बिस्तावित गरी ५० हजार विद्यार्थिहरूलाइ पक्की भवनमा  अ पठनपा

लगायतका दर्जनौं जनमुखी विकास निर्माणको कामको श्रेय मन्त्री अथकलाई जान्छ ।

निर्वाचन क्षेत्रमा अत्यन्त लोकप्रिय रहेका अथक विकासप्रेमी नेताको रुपमा परिचित छन् । माओवादी र अन्य पार्टीभित्र पनि उनको राम्रो छवि छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २७ गते सोमबार