रुकुम पश्चिमबाट कांग्रेसले संघमा प्रत्यक्ष र समानुपातिक गरी ५ जनाको नाम सिफारिस




रुकुम पश्चिम

नेपाली कांग्रेस रुकुम पश्चिमले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रदेश सभाका दुई वटै क्षेत्रका लागि केही दिन अघि नै उम्मेदवार सिफारिस गरेको कांग्रेसले संघका लागि आइतबार उम्मेदवार सिफारिस गरेको हो ।

कांग्रेसले संघमा प्रत्यक्ष र समानुपातिक गरी पाँच जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्फ गोपालजी जंग शाह सहित जिल्ला सभापति प्रेमप्रकाश ओली र यमबहादुर केसीको नाम सिफारिस गरेको छ । जिल्ला सभापति ओलीको नाम प्रदेश सभाका लागि पनि सिफारिस गरिएको छ ।

शनिबार र आइतबार जिल्ला सदरमुकाममा अवस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको हो । बैठकले समानुपातिक तर्फ मानबहादुर नेपाली र मनिषा रोकाय भण्डारीको नाम सिफारिस गरेकाे छ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्रिय समितिबाट सिफारिस भई आएका प्रदेशसभा तर्फका आकांक्षीहरुको नामलाई समेत जिल्ला समितिले अनुमोदन गरेको उहाँले बताउनुभयो । दुई वटा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट कांग्रेसले प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी १९ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा ‘क’ को प्रत्यक्ष कृष्णबहादुर रोकाय, हर्कसिंह खत्री र टेकबहादुर बस्नेत तथा समानुपातिक तर्फ धिरेन्द्रकुमार बटाला र बालकुमारी गिरीको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा ‘ख’ तर्फ भने प्रत्यक्ष जिल्ला सभापति प्रेमप्रकाश ओली, खड्ग डाँगी, शिव आचार्य, देवबहादुर ओली, थलबहादुर खड्का र लालबहादुर ओलीलाई रसमानुपातिक तर्फ तिलक भण्डारी, सीता ओली, मोहनप्रकाश आचार्य, देवी पुन, प्रविर ददेल, लोकेन्द्र केसी, दिपक बिएम र राजकुमार वादीलाई सिफारिस गरिएको छ । जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने कांग्रेस दोस्रो पार्टी बनेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार