सुदाम शर्मा, रुकम पश्चिम
रुकुम पश्चिममा तीन आमा छोरी र एक बृद्ध आइतबार बिहान आएको पहिरोमा परेर बेपत्ता भएका मध्ये एक जनालाई प्रहरीले जिवितै उद्दार गरेको छ ।
अविरल वर्षाको कारण जिल्लाको आठबीसकोट नगरपालिका १४ को पिपलचौरमा आएको पहिरोमा परेर तीन जना बेपत्ता भएको खबर प्रहरीलाई आएपछि तुरुन्तै प्रहरीले उद्दार तर्फ गएको थियो । तीन जना मध्ये १ जनालाई जिवित उद्दार गर्न सफल भयो ।
बेपत्ता हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका १ मैदैका ३० बर्षिया बालमती राना र उनकी दुई छोरी ७ वर्षिया तिर्सना राना र २ वर्षिया प्रतिक्षा राना रहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार पानी परेपछि ओत लाग्न भन्दै छेपारे सामुदायीक वनको भवनमा पुगेको र भवन माथिबाट आएको पहिरोले घरसँगै बगाएको देखिन्छ । ७ वर्षिया तिर्सना रानालाई जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको घिमिरेले बताए ।
यस्तै गुमाखोलाका ७० वर्षिय बृद्ध दलविर गुरुङलाई आइतबार बिहान देउताखोलाले बगाएको र अझै पत्ता नलागेको सानीभेरी गाउँपालिका ३ का अध्यक्ष जगदिश नकालले जानकारी दिए ।
भारी वर्षाका कारण देउता खोलाको वहाव बढेको छ । खोलाले आसपासको क्षेत्रमा कटान गरेको छ । खोला आसपासका घर, खेत, घट्ट समेत बगाएको स्थानीयले बताएका छन् । खोला आसपासमा साना ठूला पहिरो समेत गएका छन् । अन्यकाे खाेजीकार्य जारी भैइरहेकाे रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्