१७ प्रतिशत कर्मचारी हटाउने तयारी




काठमाडौँ । १७ प्रतिशत कर्मचारी हटाईने भएको छ ।

म्युजिक स्ट्रिमिङ प्लेटर्फम स्पोटिफाईले तेस्रो चरणको कटौतीअन्तर्गत सो कर्मचारीहरु हटाउने भएको हो । आउँदो चुनौतीको सामना गर्न कम्पनीको आकार महत्त्वपूर्ण रहेको कम्पनीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत डेनियल एकले बताएका छन् ।

सुस्त आर्थिक वृद्धि र बढ्दो लागतलाई रोजगारी कटौतीको कारण भन्दै उनले कर्मचारीलाई एक ‘नोट’ पठाएका छन् ।स्पोटिफाईमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार