बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य बढेको छ ।

गत कारोबार दिन अर्थात् बुधबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।