Kohalpur Today Header Ads

समाजवादी प्रेस संगठन जाजरकोटको अध्यक्षमा शर्मा




काेहलपुर ।

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल जाजरकोटको अध्यक्षमा पवन शर्मा सर्वसहमत चयन भएका छन् ।

आज (शनिवार) भएको संगठनको प्रथम जिल्ला भेलाबाट शर्मा अध्यक्षमा चयन भएका हुन् । यस्तै उपाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ, कल्पना जैसी, सचिवमा शुसिल रावल, सह सचिव प्रेम वली, समावेशी सह सचिव शिवानी विक, कोषाध्यक्ष लक्ष्मी वली निर्विरोध चयन भएका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै, सदस्यहरुमा चागुनारायण विष्ट, प्रेम आरसी, रोशन कार्की, दिपक खत्री, गणेश वली, दिपक केसी,प्रकाश रोकाय, कलि सिंह, सुमन चन्द, शसिला खड्का, प्रमोद चनारा, दिपेश सिंह, धर्मराज बोहोरा, मदन कुमार शाही, कविन्द्र जैसी, सन्देश रावल, दिपेन्द्र विक, दिपक रोकाय, यूवराज शर्मा, सिर्जना कुमारी सिंह सहित २७ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य भरत कुमार शर्माले जानकारी दिए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिबार