ज्ञान ज्योती मावीको बदमासी, ४ सयको शुल्कमा ९ सय बढि रकम असुली




कोहलपुर ।

जनज्ञानज्योति माध्यमिक विद्यालयले विद्यार्थीहरुबाट बढि मुल्य असुली गरेको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परिक्षा बोर्डमा ४ सय तोकेतापनि विद्यालयले ९ सय बढि मुल्य लिएको भन्दै आन्दोलन गरी विद्यालय तालाबन्दी गरेका छन् ।

कोहलपुरमा रहेका अन्य विद्यार्थी संठनहरुले पनि आफ्नो आन्दोलनमा सहभागि भई तालाबन्दीमा सहयोग समेत गरिरहेका छन् । रष्ट्रिय परिक्षा बोर्डबाट तोकेका भन्दा बढि रकम असुली गरेको र सिभिल इन्जिनियरिङ्गको पनि १५ प्रतिशत शुल्कमा छुट नदिएको भन्दै विद्यार्थीहरुले लेखा र प्रअको कोठामा तालाबन्दी गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ७ गते बुधबार