सरसफाइ कार्यक्रम सम्पन्न

 कृष्ण कुमार शाही कोहलपुर  ।                                          कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले आज सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । “पढौ पढाऔ शिक्षाका लागि नियमित पुस्तकालय जाऔ” भन्ने मूलनाराका साथ १५ औ रास्टृय पुस्तकालय दिवसको पुर्व सन्ध्यामा सरसफाइ कार्यक्रम आयोजना गरिएको ज्ञानोदय पुस्तकालयका सचिव एकराज शर्माले जानकारी गराए ।                                                                                        सरसफाइ कार्यक्रमको समुदघाटन ज्ञानोदय पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई तथा उपाध्यक्ष एवं सरसफाइ कार्यक्रमका उप समितिका संयोजक मणि प्रसाद गैरेले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा सचिव एकराज शर्मा, सदस्य चुरामणी ढकाल, पतिराम थारु सहित पुस्तकालयका कर्मचारी सहित पुस्तकालय वरिपरिका सम्पूर्ण व्यापारी सहितको उपस्थितमा भएको थियो । सरसफाइ कार्यक्रमको सामाग्री सहयोग कोहलपुर नगरपालिका वडा नं ११ ले गरेको थियो ।                                                                              पुस्तकालयले यहि भदौ १५ गतेका दिन पुस्तकालय दिवसको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको स्व. हरि प्रसाद पौडेलको स्मृतिमा स्थापना गरिएको अक्षकोषबाट स्व. हरि प्रसाद पौडेल ज्ञानोदय समाज सेवा सम्मान बाट कोहलपुर नगरपालिका वडा नं -१२ निवासी शिक्षा प्रेमी तथा समाजसेवी गोविन्द प्रसाद ढकाल लाई सम्मान गर्ने, पुस्तकालयले हरेक वर्ष प्रदान गर्दै आएको पुस्तकालयमा नियमित रूपमा पढ्ने उत्कृष्ट पाठक सम्मान बाट कोहलपुर नगरपालिका वडा नं ०८ निवासी हरिवंश रानामगर लाई सम्मान गर्ने तथा पुर्वकार्य समितिबाट कोहलपुर वडा नं -१२ निवासी श्रीमती हरि आचार्य लाई सम्मान गर्ने कार्यक्रम समेत रहेको सचिव शर्माले वताए ।                                  पुस्तकालय दिवसको अवसरमा पुस्तकालयले बांके जिल्ला माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ । उक्त कविता प्रतियोगिता कार्यक्रमको समन्वय हाम्रो पुर्णिमा साहित्य प्रतिस्ठान कोहलपुरले गरेको छ । कविता प्रतियोगिताको राशी प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना पुरस्कार  क्रमशः १००००, ७०००, ५००० र २००० रहेको छ ।