डा.कर्णद्वारा प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

डा.विनोद कर्णले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । डा.कर्ण पेशाले चिकित्सक हुनुहुन्छ । उनी नेपालगञ्ज मेडिकल कलेजमा प्लास्टिक सर्जनका रुपमा कार्यरत रहेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनले बाँकेको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका १ देखि १२, १४ र १५ वडा समेटिएको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले नेपालगञ्जलाई आफूले नमुना सहर बनाउन चाहेको उल्लेख गरे । डा कर्णले २०७४ मा पनि विवेकशील साझाबाट यही क्षेत्रमा चुनाव लडेका थिए ।