डा.कर्णद्वारा प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा




डा.विनोद कर्णले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । डा.कर्ण पेशाले चिकित्सक हुनुहुन्छ । उनी नेपालगञ्ज मेडिकल कलेजमा प्लास्टिक सर्जनका रुपमा कार्यरत रहेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनले बाँकेको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका १ देखि १२, १४ र १५ वडा समेटिएको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले नेपालगञ्जलाई आफूले नमुना सहर बनाउन चाहेको उल्लेख गरे । डा कर्णले २०७४ मा पनि विवेकशील साझाबाट यही क्षेत्रमा चुनाव लडेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ७ गते मंगलबार