झापामा घरायसी विवाद हुँदा श्रीमतीको हत्या,श्रीमान पक्राउ

झापा ।
श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका- १ स्थित बुधबारे बजारमा डेरा गरी बस्ने भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएका ३२ वर्षीय रघुनाथ गोरडले श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेका हुन्।

बिहीबार बिहान ३ बजेतिर गोरडले आफ्नी श्रीमती सपनालाई करुवाले हानेर हत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार सामान्य घरायसी वादविवादको क्रममा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको हो।

श्रीमतीको हत्या गर्ने रघुनाथलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।