कोहलपुरमा बालकको भवितव्य मृत्यु तर कहानी हत्याकाे

कोहलपुर ।

काका राजकुमार लोनीया र भतिज शिव लोनिया करिब बिहान ८ बजे आरती सामुदायिक वनमा दाउरा ल्याउन गए । दाउरा ल्याउन दुबैले साइकलमा हसिँया र डोरी राखेर सामुदायिक वनको करिब २.५ किलोमिटर भित्र पुगे । त्यहाँ एउटा सालको रुखमा केही महिना अघि हावाहुरीले भाँचिएको सालको हाङ्गा देखे ।

सानो सालको रुखमा काका चढे तर ठुलो सालको रुखमा भतिज चढे । सालको हाङ्गालाई भूईमा झार्न खोज्दा हाङ्गासंगै खसेपछि भतिजको मृत्यु भएको पुष्ठी भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्ले बताए ।

मल्लका अनुसार मृत्यु भएपछि काका राजकुमारले करिब २ किलोमिटर बोकेर नहर नजिकै ल्याए । त्यसपछि काका राजकुमारले भतिजको बुवा घनश्याम लोनियालाई फोन गरे ।

घनश्यामले अपहरण मुद्धा हालेका शुक्लालका परिवारलाई नै बालकको हत्या गरिएको भन्ने कहानी बनाउँ भन्ने खबर प्राप्त भएपछि सोही अनुसार कहानी बनाउन राजकुमार लागेको मल्लले बताउँछन् ।

घनश्याम लोनियाले शुक्लाल लोनियालाई छोरी अपहरण मुद्धा साउन ४ गते इलाका प्रहरी कार्यालयमा दर्ता गरेका छन् । बुधबार करिब १० बजेतिर बालक मृत अवस्थामा फेला परेको प्रहरीलाई खबर आएपछि घटना स्थलमा पुगेको थियो ।

घटना स्थलमा पुग्नसाथ काका राजकुमारलाई पक्राउ गरियो । पक्राउ परेका काका राजकुमारले शुक्लाल र शुक्लालको श्रीमती र छोराको नाम लियो । प्रहरीले ३ जनालाई तुरुन्तै पक्राउ गर्याे ।

काका र भतिज फरक स्थानमा दाउरा काटिरहेका थियौं । एक्कासी भतिजको ठुलो आवज आयो । म त्यो ठाउँमा गए । त्यहाँ ३ जनाले लठ्ठीले हानेर भागेको देखेको प्रहरीलाई काका राजकुमारले बयान दिए ।

सोही बयानका अनुसार प्रहरीले लठ्ठी, फरक फरक स्थानमा काट्न लागेको हसिंया खोज्न गयौं तर कतै भेटेन । तर प्रहरीले हसिँया र डोरी बाधिएको अवस्थामा साइलक फेला पार्‍र्यो ‘त्यसपछि पक्राउ परेका राजकुमारलाई फेरी घटना स्थलमा लगियो ।’ मल्ले भने ‘साइलकमा हसिँया र डोरी बाधिएको स्थानमा लगेपछि घटनाको वास्तविक बाहिर आयो ।’

पोष्टमार्टम रिपाेर्ट र अनुसन्धानबाट भवितव्यमा मृत्यु भएको पुष्ठी भएपछि पक्राउ परेको सबै व्यक्तिहरुलाई छोडिएको मल्लले बताए ।

थप याे पनि हेर्नुहाेस् ।

कोहलपुरमा बालक मृत फेला, भवितव्य की हत्या ?