दुई चरणमा ६ करोडकाे लगानीमा अत्याधुनिक चिल्ड्रेन पार्क बन्दै

कोहलपुर ।

बाँकेको नेपालगञ्जमा दुई चरणमा  ६ करोडकाे लगानीमा अत्याधुनिक चिल्ड्रेन पार्क बन्न लागेको छ ।

बागेश्वरी मन्दिर परिसरमा अत्याधुनिक चिल्ड्रेन पार्कको निर्माण कार्य सुरु हुन लागेको हो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अत्याधुनिक चिल्ड्रेन पार्कको शिलान्यास गरेका थिए । करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा काम सुरु भएको छ ।

विष्टले शिलान्यास गर्दै भने पहिलो चरणमा रेष्टुरेन्ट, पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ ।

तर अहिले न्यूरोड देखि देखिने गरी विचमा खाली हुने गरी ४० भन्दा बढि सटरहरु निर्माण गरी पालिकाले आम्दानीको स्रोतको रुपमा प्रयोग गर्ने विष्टले बताए ।

यस्तै उपमहानगरको प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहराले यहि पुष मसान्तभित्र सकिने गरी पहिलो चरणको काम सुरु भएको बताए ।

‘आर्थिक अभावका कारणले गर्दा दुई चरणमा निर्माण गर्ने भनिएको छ तर डिपिआर बनाउँदा ६ करोडको बनेको छ,’ उनले भने, ‘तर पालिकासंग ३ करोड भएकोले अहिले पहिलो चरणको रुपमा काम अगाडि बढाइएको छ ।’

त्यसैले पालिकाले पहिलो चरणमा ३ करोडको ठेक्का खोलेको थियो जसमा निर्माण व्यवसायीहरुले १ करोड ८२ लाखमा ठेक्का हाले । जसमा एक तले रेष्टुरेन्ट, अगाडि ४० वटा सटर, पाकिङ्ग, चिल्ड्रेन पार्क, जस्ता पूर्वाधारहरु बन्नेछ ।

उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले चालु आर्थिक वर्षको पुष मसान्त भित्र काम सम्पन्न गर्नका लागि पालिकासंग सम्झौता गरेको उपमहानगरको प्राविधिक शाखा प्रमुख बोहराले बताए ।