दाेस्राे अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बाँके जिल्लाका खेलाडीहरू नेपाल प्रथम




कोहलपुर ।

दाेस्राे अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बाँके जिल्लाका खेलाडीहरू नेपाल प्रथम भएका छन् ।

यहि साउन १६ र १७ गते दशरथ रंगशाला त्रिपुरेश्वरमा भएकाे दाेस्राे अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बाँके जिल्लाका खेलाडीहरू नेपाल प्रथम भएका हुन् ।

यस्तै  बाँकेकी लक्ष्मी रानाभाट समेत प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेकी छिन् ।

प्रमुख प्रशिक्षक तथा राष्ट्रिय गोजुरियो करातेका लुम्बिनी प्रदेश प्रमुख रमेश कुमार डाँगीको नेतृत्वमा बाँकेका ३८ जना खेलाडिहरु अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका थिए ।

दाेस्राे अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रथम, भारत दोस्रो, बंगलादेश तेस्रो स्थान प्राप्त गरेका छन् ।

यस्तै प्रमुख प्रशिक्षक तथा राष्ट्रिय गोजुरियो करातेका लुम्बिनी प्रदेश प्रमुख रमेश कुमार डाँगीले  जिल्लामा प्रथम, प्रदेश प्रथम, राष्ट्रिय प्रतियोगितामा तेस्रो र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने सफल भएकाे बताए ।

यस्तै नेपाल सहित ८ देशका खेलाडिहरु अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका थिए भने जसमा भारत, श्रीलंका, भुटान, बंगलादेश, चिन, थाइल्याण्ड र मलेसिया सहभागिता रहेकाे थियो ।

बाँकेबाट करातेका कोच तथा प्रशिक्षक निम प्रकाश खनाल र टिम व्यवस्थापन सागर घर्ति रहेका थिए ।             

याे पनि पढ्नुहाेस्

उपप्रमुख सुवेदीद्धारा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडिहरुलाई सम्मान सहित बिधाई

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधबार